• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Sunday, September 13, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home राजनीति

डा. शशांक कोइरालाको गठबन्धन विरुद्ध कडा प्रतिक्रिया, भने- ‘चुनावमा गठबन्धन गर्नु मूर्खता’

by कर्मचारी केन्द्र
पुस २२, २०८१
in राजनीति
0
डा. शशांक कोइरालाको गठबन्धन विरुद्ध कडा प्रतिक्रिया, भने- ‘चुनावमा गठबन्धन गर्नु मूर्खता’

वीरगन्ज । कांग्रेस नेता डा. शशांक कोइरालाले आगामी चुनावमा गठबन्धन गर्नु मूर्खता भएको बताएका छन् । उनले कांग्रेसको एक सय दिने विशेष अभियान अन्तर्गत शनिबार वीरगन्ज महानगरपालिका ३० मा आयोजित कार्यकर्ता भेलामा पार्टीको आगामी रणनीतिका बारेमा आफ्नो धारणा प्रस्तुत गरे ।

कोइरालाले चुनावअघि गठबन्धन गर्नुभन्दा चुनावपछि सरकार गठन गर्ने कुरामा सहमति गर्नु उचित रहेको बताएका छन् । उनले भने, “चुनाव भइसकेपछि गठबन्धन गर्नु छुट्टै कुरा हो, तर चुनावमा जाँदा गठबन्धन गर्नु मूर्खता हो ।” उनले पार्टीलाई कुनै पनि हालतमा गठबन्धन गर्न नहुने जिकिर गरे ।

कोइरालाले कांग्रेसको भविष्यलाई एक्लै लड्ने कुरा राख्दै भने, “हामीले अबको चुनाव आफ्नै बलबुतामा लड्नुपर्छ । कांग्रेसले अबको चुनाव एक्लै लड्नुपर्नेछ ।” उनले चितवनको भरतपुर महानगरका मेयरको चुनावमा गठबन्धनको कारण प्रचण्डकी छोरीलाई जिताउन ठूलो गल्ती भएको उल्लेख गरे ।

कांग्रेसको उर्वर भूमिमा कांग्रेसले अधिक सिट जित्न नसकेको कारण विश्लेषण गर्नुपर्ने बताएका कोइरालाले आगामी चुनावमा चितवनबाट जितेका रवि लामिछानेको सिट रद्द भएमा पुन: चुनावमा कांग्रेसलाई सही रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कोइरालाले कांग्रेसको आगामी रणनीति र पार्टीको भविष्यबारे जोड दिँदै भने, “नेपालका विभिन्न ठाउँमा कांग्रेसले धेरै विकासका योजना ल्याएको छ, १८ अठार मेडिकल कलेज र २० विश्वविद्यालय बनाएका छन् । अबको चुनावमा हामीले भन्न सक्नुपर्छ कि कांग्रेसले मात्र विकास गर्न सक्छ ।”

कार्यक्रममा पर्सामा पार्टीको स्थिति बलियो रहेको कुरा उल्लेख गर्दै, कांग्रेसले आगामी चुनावमा सिट जित्न नसकेको कारणहरूको विश्लेषण गर्नुपर्ने कुरामा पनि उनले जोड दिए । कांग्रेस केन्द्रिय सदस्य अनिल रुङटाले पार्टीको विशेष अभियानको उद्देश्य पार्टीलाई जनतासम्म पुर्‍याउनु र आगामी चुनावमा पार्टीलाई बलियो बनाउनु रहेको बताए ।

Tags: नेपाली कांग्रेस
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

by कर्मचारी केन्द्र
कार्तिक २३, २०८२
0

काठमाडौं । स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेका मेयर बालेन साह प्रति काठमाडौंवासीको विश्वास क्रमश: घट्दै गएको...

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

by कर्मचारी केन्द्र
कार्तिक २३, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारले दुई महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । भ्रष्टाचार र...

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

जनकपुरधाम । मधेश प्रदेशसभामा शनिबार अनौठो दृश्य देखियो । नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले सभामुखकै अगाडि आफैंलाई मोसो दल्दै...

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

by कर्मचारी केन्द्र
असार ३१, २०८२
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग २५ लाख र ५३ लाख रुपैयाँको घुस डिल भएको दाबीसहित...

५३ लाख घुस प्रकरण : मन्त्री गुप्ताविरुद्ध कारबाही माग गर्दै अख्तियारमा उजुरी

५३ लाख घुस प्रकरण : मन्त्री गुप्ताविरुद्ध कारबाही माग गर्दै अख्तियारमा उजुरी

by कर्मचारी केन्द्र
असार ३१, २०८२
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताविरुद्ध ५३ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान...

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

by कर्मचारी केन्द्र
माघ २, २०८१
0

काठमाडौं । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत् ल्याइएका नयाँ...

Next Post
सप्तरीका नवनिर्वाचित वडाध्यक्ष साह बलात्कार मुद्दामा पुर्पक्षका लागि जेल चलान

सप्तरीका नवनिर्वाचित वडाध्यक्ष साह बलात्कार मुद्दामा पुर्पक्षका लागि जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page