• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Sunday, September 13, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home विचार

निजामती सेवा प्रवेशमा उमेर हदको प्रस्ताव : अवसर कि अवरोध ?

by कर्मचारी केन्द्र
पुस २४, २०८१
in विचार
0
निजामती सेवा प्रवेशमा उमेर हदको प्रस्ताव : अवसर कि अवरोध ?

रोहित पोखरेल

हाल बहसमा रहेको निजामती सेवा ऐनमा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेशको उमेर हदको प्रस्तावले व्यापक चासो र विवाद उत्पन्न गरेको छ । उच्च स्तरका कर्मचारीहरूले कुनै विषयलाई आफ्नो फाइदा अनुकूल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण प्रस्तुत गर्ने प्रवृत्ति यस विषयमा पनि देखिएको छ । तर, यो बहसले केवल उमेर हदमै सीमित नरही, समग्र रूपमा सरकारी सेवाको प्रवेश, बढुवा र वृत्ति विकास प्रणालीलाई वैज्ञानिक र कार्यक्षम बनाउनेतर्फ केन्द्रित हुनुपर्छ ।

उमेर हद : समाधान कि अवरोध ?
नेपालको सन्दर्भमा हाल पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्षसम्म सेवा प्रवेशको प्रावधान रहेको छ । नयाँ प्रस्ताव अनुसार यो उमेर हद तीन वर्षले घटाउने भनिएको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा भारत, बंगलादेश, पाकिस्तानजस्ता देशहरूमा सेवा प्रवेशको उमेर समूह २१ देखि ३० वर्ष राखिएको छ । केही विशेष परिस्थितिमा उमेर हदमा थप सुविधा प्रदान गरिन्छ । तर नेपालमा औसत आयु र सामाजिक–आर्थिक संरचना फरक छ ।

मानव जातिको औसत आयु वृद्धि भैरहेको विश्व परिप्रेक्ष्यमा अवकाश उमेर बढाउने तर प्रवेश उमेर घटाउनु कुनै वैज्ञानिक सिद्धान्तमा आधारित देखिँदैन । यदि युवा पुस्तालाई विदेश पलायन गर्न विवश बनाउने नीति उद्देश्य हो भने, सेवा प्रवेश उमेर ३२ वर्ष नभई २५ वर्ष बनाउनु उपयुक्त हुन्छ । यसले युवाहरूलाई छिटो सेवा प्रवेशको अवसर प्रदान गर्दै आफ्नो करियरको मार्ग पहिल्याउन मद्दत पुर्‍याउनेछ ।

कर्मचारी व्यवस्थापनमा सुधारका पहलहरू
सरकारी सेवामा प्रवेशपछि हुने बढुवा र वृत्ति विकासको प्रणाली सुधार नगरेसम्म उमेर हद मात्र परिवर्तन गर्नु समस्याको दीर्घकालीन समाधान होइन । कपाल सेतो हुँदैमा बढुवा पाउने परिपाटी अन्त्य गर्दै कार्यसम्पादन कार्यक्षमतामा आधारित मापदण्ड लागू गर्नुपर्छ ।

भ्रष्टाचारजस्ता गम्भीर मुद्दामा दोषी ठहरिएका कर्मचारीलाई राजनैतिक दबाबमा पुन: सेवामा फर्काउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । त्यस्ता व्यक्तिहरूलाई आजीवन सरकारी सेवाबाट रोक लगाउनुका साथै उनका दुई पुस्तालाई समेत सरकारी सेवा प्रवेशमा अयोग्य ठहर गरिनुपर्छ ।

अवकाश उमेर : प्रगतिशील सोच आवश्यक
प्रस्तावित ऐनले अवकाश उमेरलाई दुई वर्ष बढाएर ६० वर्ष बनाउने सुझाव दिएको छ । तर, उमेर मात्र बढाउनु पर्याप्त होइन । ५० वर्षपछि वृत्ति विकास र बढुवाको अन्त्य गर्दै ५२ वर्षमा अनिवार्य अवकाशको व्यवस्था लागू गरिनु उचित देखिन्छ । यसले नयाँ र युवा पुस्ताको प्रवेश सुनिश्चित गर्नेछ ।

प्रविधिमैत्री सेवाका लागि युवापुस्ताको आवश्यकता
आधुनिक प्रविधिमैत्री विश्वमा युवा पुस्ताको सरकारी सेवामा उपस्थितिले पुराना कर्मचारीहरूको कार्यसम्पादन सुधार्न पनि सघाउँछ । तर, हालको प्रस्तावले युवाहरूलाई सरकारी सेवाबाट टाढा राख्न खोजेको मानसिकता झल्काउँछ । यो प्रवृत्ति संकुचित सोचको उपज मात्र हो ।

समाधानका सुझावहरू
वैज्ञानिक मापदण्ड लागू गर्नुपर्छ : कार्यसम्पादन क्षमता, परिणाममुखीता र पारदर्शितामा आधारित बढुवा प्रणाली लागू गरिनुपर्छ ।
भ्रष्टाचारमा शून्य सहनशीलता : गम्भीर भ्रष्टाचारका दोषीमाथि कडा कारबाहीको नीति अवलम्बन गर्नुपर्छ ।
उमेर हदको पुनर्विचार : सेवा प्रवेश उमेरलाई घटाउनु वैज्ञानिक दृष्टिकोणमा आधारित देखिँदैन । यसलाई वर्तमान सन्दर्भमा पुनर्विचार गर्नुपर्छ ।
स्थायित्व र अवसर प्रदान गर्नुपर्छ : युवाहरूलाई छिटो सेवा प्रवेशको अवसर दिँदै सरकारी सेवामा उनीहरूको उत्साहजनक भूमिका सुनिश्चित गर्नुपर्छ ।

सरकारी सेवाको प्रवेश, बढुवा र अवकाश प्रणालीलाई समावेशी, पारदर्शी र कार्यक्षम बनाउँदै आधुनिक युगको माग अनुसार पुनर्संरचना गर्नुपर्छ । केवल उमेर हद परिवर्तनले दीर्घकालीन समाधान दिन सक्दैन । सिंगो प्रणाली सुधारमार्फत मात्र सरकारी सेवा प्रभावकारी र जनमैत्री बन्न सक्छ ।

Tags: निजामती
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

No Content Available
Next Post
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page