• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Sunday, September 13, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home प्रशासन

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा भ्रष्टाचार, विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

by कर्मचारी केन्द्र
पुस २२, २०८१
in प्रशासन, समाचार
0
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा भ्रष्टाचार, विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा भ्रष्टाचारको अभियोगमा विशेष अदालतले दिएको सफाइको फैसलालाई त्रुटिपूर्ण भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका अध्यक्ष विक्रम यादव, वडाध्यक्ष अब्दुल अहद कवारी, कार्यपालिका सदस्यहरू, प्राविधिक टोलीका सदस्यहरू र उपभोक्ता समितिका पदाधिकारीहरूसहित ११ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो रकम रू. ३,४१,५४४.१३ कायम गर्दै कैद, जरिवाना र बिगो असुलीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।

विशेष अदालतको फैसला र आयोगको पुनरावेदनको आधार
विशेष अदालतले २०८०/११/२२ मा प्रतिवादीहरूलाई सफाइ दिएको थियो । अदालतले नापजाँच प्रतिवेदनलाई अस्पष्ट ठहर गर्दै संरचनाको सही परिमाण एकिन गर्न नसकिएको, नालाको लम्बाइ र स्ल्याबको कार्य संशयपूर्ण रहेको भन्दै अभियोग पुष्टि नभएको ठहर गरेको थियो । तर, आयोगले निम्न आधारमा फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै पुनरावेदन दायर गरेको छ:

कार्य सम्पन्न नहुँदै भुक्तानी : गाउँपालिकाको प्राविधिक टोलीले कार्य सम्पन्न मिति २०७६/३/३० भने तापनि २०७६/३/२५ मै भुक्तानीका लागि स्वीकृति दिएको तथ्य ।

नापजाँचमा देखिएका कैफियतहरू : स्थलगत अनुगमनका क्रममा इँटको गारो, प्लास्टर र स्ल्याबको ढलान कार्यमा रू. ३,७९,०३०.२२ बढी मूल्याङ्कन देखिएको ।

अनियमितता पुष्टि गर्ने प्रमाण : गाउँपालिकाका अध्यक्षसहितको टोलीले झुटा बिल भरपाईका आधारमा भुक्तानी गरेको ।

स्ल्याबको लम्बाइ र स्थान बदल्ने समस्या : स्ल्याबको लम्बाइ घटबढ हुनु र मूवेबल (सार्न मिल्ने) प्रकृतिको संरचनाले विवादित नालामा भएको भनी प्रतिवादीहरूले दिएको सफाइलाई अदालती ध्यान नपुगेको ।

आयोगले विशेष अदालतले गराएको सफाइ त्रुटिपूर्ण ठहर गर्दै अभियोगितहरूलाई सजाय हुनुपर्ने माग राखेको छ ।

सार्वजनिक सम्पत्तिमा अनियमितता रोक्न आग्रह
आयोगले यो घटनाबाट सबक लिँदै सार्वजनिक सम्पत्तिको सही प्रयोग, नापजाँच प्रक्रियामा पारदर्शिता र नियमानुसार काम गराउन सम्बन्धित निकायलाई अपिल गरेको छ । (सूचना स्रोत: अख्तियार दुरुपयोग अनुसन्धान आयोग)

Tags: भ्रष्टाचार
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १५, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनकुटासँग सम्बन्धित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १२, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका एक कर्मचारी र एक लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर छलीमार्फत राजस्व हिनामिना : पूर्व कर अधिकृतसहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको...

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रष्ट कार्यालय, दरबारमार्गमा सहसचिव पदमा कार्यरत रहिसकेका (हाल अवकाशप्राप्त) कर्मचारी लेखबहादुर कार्की...

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको केही सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ । प्रहरीको विशेष टोलीले शुक्रबार...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कृषि कार्यक्रमको बजेट अनियमितता : वडा अध्यक्षदेखि लेखापालसम्म अख्तियारको फन्दामा

by कर्मचारी केन्द्र
असार ३१, २०८२
0

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन...

Next Post
सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि आवेदन आह्वान

सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि आवेदन आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page