• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home शिक्षा

मधेस प्रदेशमा महिलाको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था

by कर्मचारी केन्द्र
पुस २३, २०८१
in शिक्षा
0
मधेस प्रदेशमा महिलाको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था

महोत्तरी । मधेस प्रदेश सरकारले महिलाको उच्च शिक्षामा पहुँच बढाउनका लागि छात्रवृत्तिको विशेष व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न र सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन दिन यो पहल गरिएको हो ।

प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत र विपन्न परिवारका प्रतिभाशाली छात्राले शिक्षा नपाएर अवसर गुमाउन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको योजना सुरु गरिएको बताए ।

छात्रवृत्ति कार्यक्रम प्रदेशका आठवटै जिल्लामा सञ्चालन हुनेछ । यसका लागि १,०७१ आवेदन प्राप्त भइसकेका छन् । छात्रवृत्ति अन्तर्गत साधारण तथा प्राविधिक शिक्षा पढ्न चाहने छात्रालाई शैक्षिक शुल्कको रूपमा वार्षिक रु २५,००० र ३५,००० उपलब्ध गराइनेछ । प्राविधिक शिक्षाका लागि रु ३५,००० र मानविकी, वाणिज्य तथा शिक्षाका लागि रु २५,००० उपलब्ध गराइनेछ ।

यस कार्यक्रमका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १ करोड ५० लाख विनियोजन गरेको छ । मधेसमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, मधेसको साक्षरता दर ६३.५ प्रतिशत छ भने महिलाको साक्षरता दर ४३.२ प्रतिशत मात्र रहेको छ ।

महिला साक्षरता दर सुधार गर्न यो छात्रवृत्ति कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । शिक्षा निर्देशनालयले प्रक्रियागत कामहरू पूरा गरेर योग्य छात्रालाई समयमै छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Tags: छात्रवृत्ति
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

ओडिसाका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयले दियो चेतावनी

ओडिसाका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयले दियो चेतावनी

by कर्मचारी केन्द्र
फाल्गुन ६, २०८१
0

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गरिने वैदेशिक अध्ययन अनुमतिपत्र...

सिरहाको विद्यालयमा लाखौं अनियमितता, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा करोडौंको घोटाला

सिरहाको विद्यालयमा लाखौं अनियमितता, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा करोडौंको घोटाला

by कर्मचारी केन्द्र
फाल्गुन ६, २०८१
0

मुकेशकुमार यादव सिरहा । सिरहाको एक विद्यालयमा दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ । सुखिपुर...

दिदीबहिनीको सुनौलो सफलता, दुवै बने ‘गोल्ड मेडलिस्ट’

दिदीबहिनीको सुनौलो सफलता, दुवै बने ‘गोल्ड मेडलिस्ट’

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

काठमाडौं । शनिबार दशरथ रंगशाला ५० औं दीक्षान्त समारोहको उत्साहले भरियो । करिब १४ हजार विद्यार्थीहरूको भिडमा दुई विशेष नामले...

त्रिविको दीक्षान्तमा ढिलाइ : विद्यार्थीहरू असन्तुष्ट

त्रिविको दीक्षान्तमा ढिलाइ : विद्यार्थीहरू असन्तुष्ट

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

त्रिभुवन विश्वविद्यालय (टीयू) नेपालको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो । यहाँ हरेक वर्ष हजारौं विद्यार्थी स्नातक र स्नातकोत्तर तहमा...

दीक्षान्तका लागि तिरेको रकममा ‘लुट’ : लामो लाइन बस्दा पनि रित्तो हात !

दीक्षान्तका लागि तिरेको रकममा ‘लुट’ : लामो लाइन बस्दा पनि रित्तो हात !

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह आगामी शनिबार दशरथ रंगशालामा हुँदैछ, तर यस वर्षको दीक्षान्त समारोहका लागि गाउन,...

Next Post
दिदीबहिनीको सुनौलो सफलता, दुवै बने ‘गोल्ड मेडलिस्ट’

दिदीबहिनीको सुनौलो सफलता, दुवै बने ‘गोल्ड मेडलिस्ट’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page