काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक बारे सुझाव राख्दै आयोगका अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् ।
‘आफ्नो अवसरमा पास हुन नसक्ने भाइहरूको अवसरमा रटेर घोकेर अवसर घटाउने ? यो हुन सक्दैन । त्यो अवसर फ्रेस ग्रयाजुयटहरूको हो’, रेग्मीले भने । उनले थपे, ‘हरेक जिल्लामा क्याम्पस नहुँदाको समयमा गरेको व्यवस्था अहिले काम रहेको छ । अब हरेक पालिकामा क्याम्पस छ । शिक्षाको उपलब्धता छ’, उनले भने, ‘त्यसैले निजामती सेवामा उमेर घटाउनु पर्छ ।’














