• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Sunday, September 13, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home स्वास्थ्य

बिहेसँग डर लाग्‍ने गामोफोबिया के हो ?

by कर्मचारी केन्द्र
पुस २२, २०८१
in स्वास्थ्य
0
बिहेसँग डर लाग्‍ने गामोफोबिया के हो ?

एजेन्सी । डर कसलाई लाग्दैन र ! तर, केही व्यक्तिहरूलाई विवाह र दीर्घकालीन प्रतिबद्धता प्रति यस्तो डर हुन्छ कि उनीहरूको दैनिक जीवन नै प्रभावित हुन्छ । मनोविज्ञानमा यसलाई गामोफोबिया भनिन्छ ।

गामोफोबिया भएका व्यक्तिहरू विवाहको कल्पना मात्रले पनि तनावग्रस्त हुने गर्छन् । उनीहरू विवाह गर्न त परै जाओस्, वैवाहिक जीवन बारे कुरा गर्न समेत डराउँछन् । यो मानसिक अवस्थाबाट ५८ वर्षीय बलिउड अभिनेता सलमान खान पनि पीडित रहेको बताइन्छ । यही कारणले उनले आजसम्म विवाह गरेका छैनन् ।

गामोफोबियाका लक्षण
– वैवाहिक प्रतिबद्धता र प्रतिज्ञा गर्न डराउनु ।
– भविष्यको कुराकानी गर्न तर्किनु ।
– दीर्घकालीन सम्बन्धलाई सामान्य सम्बन्धको रूपमा लिनु ।
– विवाहित व्यक्तिलाई नकारात्मक दृष्टिले हेर्नु ।
– सम्बन्धमा आउने र नजिकिन डराउनु ।
– आफ्नो जोडीले अस्वीकार गर्ने डर हुनु ।

गामोफोबिया भनेको सम्बन्ध बनाउने डर होइन । यो सम्बन्धलाई दीर्घकालीन प्रतिबद्धतामा पुर्‍याउन असफलताको डर हो । यस अवस्थाका व्यक्तिहरूले सम्बन्ध सुरू गर्न सक्छन्, तर विवाह जस्तो जिम्मेवारी लिन असमर्थ हुन्छन् ।

गामोफोबियाका कारणहरू
– पारिवारिक इतिहास ।
– सामाजिक प्रभाव ।
– वंशाणुगत गुण ।

गामोफोबियाको प्रभाव र उपचार
गामोफोबियाले व्यक्तिगत, शैक्षिक र व्यावसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्छ । विवाह वा दीर्घकालीन सम्बन्धमा प्रवेश गर्न नसक्ने यो अवस्था भएका व्यक्तिहरूले आफ्नो करियर र सामाजिक सम्बन्धमा समेत कठिनाइ बेहोर्नुपर्छ । तर, गामोफोबियाको उपचार सम्भव छ ।

कग्निटिभ बिहेभियर थेरापी (CBT) मार्फत यो समस्या समाधान गर्न सकिन्छ । यस थेरापीले मानिसलाई सोच्न र व्यवहारमा सकारात्मक परिवर्तन गर्न सिकाउँछ, जसले दीर्घकालीन प्रतिबद्धताका लागि आत्मविश्वास दिन्छ । गामोफोबियाका कारण जीवनभर कुमार-कुमारी बस्नुपर्ने आवश्यकता छैन । सही उपचार र सहयोगले यो समस्याबाट मुक्त हुन सकिन्छ ।

Tags: गामोफोबिया
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

जाडो मौसममा बढ्छ स्वास्थ्य समस्याको जोखिम, यसरी रहनुस् सतर्क

जाडो मौसममा बढ्छ स्वास्थ्य समस्याको जोखिम, यसरी रहनुस् सतर्क

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरूको जोखिम बढ्ने गर्दछ । विशेषज्ञहरूका अनुसार जाडोमा शारीरिक स्वास्थ्यमा विविध समस्याहरूको देखा पर्ने...

हाडको दुखाइ : कारण, लक्षण र रोकथामका उपाय

हाडको दुखाइ : कारण, लक्षण र रोकथामका उपाय

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो । कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ । तर, यसलाई...

यस्ता संकेत देखिए रहनुहोस् सावधान ! हुन सक्छ मुखको क्यान्सर

यस्ता संकेत देखिए रहनुहोस् सावधान ! हुन सक्छ मुखको क्यान्सर

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

एजेन्सी । वैज्ञानिकहरूले मुखको क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्न दन्त जाँच र मौखिक स्वच्छता परीक्षणलाई महत्त्वपूर्ण बताएका छन् । बेलायतको...

साउदी अरबबाट फर्किएका एक नेपालीमा मंकीपक्स पुष्टि, कत्तिको छ खतरनाक ?

साउदी अरबबाट फर्किएका एक नेपालीमा मंकीपक्स पुष्टि, कत्तिको छ खतरनाक ?

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । साउदी अरबबाट फर्किएका एक जना नेपालीमा मंकीपक्स (एमपक्स) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको...

Next Post
यस्ता संकेत देखिए रहनुहोस् सावधान ! हुन सक्छ मुखको क्यान्सर

यस्ता संकेत देखिए रहनुहोस् सावधान ! हुन सक्छ मुखको क्यान्सर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page