काठमाडौं । सामाजिक सुरक्षा कोषले लोकसेवा आयोगमार्फत आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि आवेदन आह्वान गरेको छ । कोषले बिहीबार एक सूचना जारी गर्दै विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदहरू पूर्तिका लागि आन्तरिक तथा खुला प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गरिने जानकारी दिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले तोकिएको न्यूनतम मापदण्ड अनुसार कोषको अनलाइन दरखास्त प्रणाली vacancy.ddf.gov.np मार्फत फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।
परीक्षाको मिति, आवेदन शुल्क र अन्य जानकारीका लागि कोषको आधिकारिक वेबसाइट वा सूचना हेर्न अनुरोध गरिएको छ । योग्य उम्मेदवारहरूले आवेदन प्रक्रिया समयमै पूरा गर्न कोषले आग्रह गरेको छ ।














